Kathmandu Press

एक–अर्कालाई शंका वा आरोपित गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागौं : देउवा

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रर्णालीप्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहने कुरा पनि म यहाँहरूमा निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौं।’
एक–अर्कालाई शंका वा आरोपित गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागौं : देउवा

काठमाडौं, साउन ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले राजनीतिक दलहरुले एक–अर्कालाई शंका वा आरोपित गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम गर्न लाग्नु पर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले अब एकअर्कालाई शंका वा आरोपित गर्न उचित नहुने बताउँदै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रणालीप्रति सजग हुन आवश्यक रहेकोमा जोड दिए।

Hardik ivf

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रर्णालीप्रति सजग हुन आवश्यक छ। यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहने कुरा पनि म यहाँहरूमा निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौं।’

सभापति देउवाले मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको बताउँदै उनले संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएको बताए। 

‘आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएका छौँ। यो आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो,’ उनले भने,  ‘शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानूनका साथै सक्षम आयोगहरू गठन गर्न नि उत्तिकै आवश्यकता छ।’

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्