Kathmandu Press

‘टिआसी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छ’

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बिन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए ।
‘टिआसी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छ’

काठमाडौं, साउन ३० : कांग्रेस सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तराष्ट्रिय मापदण्ड अनुकूल रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बिन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए। उनले यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको पनि जानकारी दिए।

Hardik ivf

‘यो विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपूरण दिलाउने व्यवस्था गरेको छm विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनहरूलाई समेत ध्यानमा राख्दै शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंङ्गोमा पुर्‍याउने विषय निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’

सभापति देउवाले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको बताए। उनले हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकस्वरमा सर्वसम्मतिका साथ उपस्थित भएको बताए। योआफैंमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताए।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्