Kathmandu Press

रास्वपाले सोध्यो मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण

‘पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।
रास्वपाले सोध्यो मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, साउन ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

रास्वपाले पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो। रास्वपाले स्पष्टीकरण चित्तबुझ्दो नभए ढाकाललाई पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको छ।

Hardik ivf

‘पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

विभिन्न सञ्चारमाध्ययममा आएका उनका अभिव्यक्तिको सूचीसहित रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

‘पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरुबाट पार्टी हित विपरीत गई पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरु समेतबाट देखिएको छ,’ स्पष्टीकरणमा भनिएको छ।

रास्वपाले यअसघि नै ढकालालाई महामन्त्री र प्रवक्ताबाट नलिम्बन गरेको थियो। उनी अहिले रास्वपाको साधारण सदस्यमा मात्र छन्।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्