Kathmandu Press

लोकतन्त्र र संविधानको रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वोपरी राखेर सरकार अघि बढ्ने भनाई पनि राखे। 
लोकतन्त्र र संविधानको रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं, साउन ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय प्रणाली खुसीले रोजेर अपनाएको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वोपरी राखेर सरकार अघि बढ्ने भनाई पनि राखे। 

Hardik ivf

‘लोकतन्त्र एउटा प्रतिस्पर्धात्मक प्रणाली हो। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुन्छ। अस्वस्थ प्रतिस्पर्धालाई लोकतन्त्र भनिँदैन। अस्वस्थ्य होइन, स्वस्थ प्रतिस्पर्धा भनेको छौं,’ उनले भने, ‘प्रतिस्पर्धी र बहुदलीय व्यवस्था हामीले छानेर खुसीले रोजेर अपनाएका हौं। हामीले संघर्ष गरेर यो प्रणाली ल्याएका हौं।’

ओलीले भ्रष्टाचार आजै अन्त्य नभए पनि नियन्त्रण गर्दै जाने कुरामा सरकार प्रतिबद्ध रहेको बताए। 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्