Kathmandu Press

कोरोना संक्रमित युवतीलाई मुख्यमन्त्रीको फोन, भने- नआत्तिएर आइसोलेसनमा बस्नुस्

पोखरा, चैत २७ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्....

कोरोना संक्रमित युवतीलाई मुख्यमन्त्रीको फोन, भने- नआत्तिएर आइसोलेसनमा बस्नुस्

पोखरा, चैत २७ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझेका छन्। 

मुख्यमन्त्री गुरुङले बिहीबार बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा जानकारी लिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले उनलाई फोन गरी  नआत्तिकन आत्मबल बढाएर उपचारमा रहन आग्रह गरेका हुन्। मुख्यमन्त्री गुरुङले युवतीसँगको कुराकानीमा मन दह्रो गरेर बसे छिट्टै निको हुने बताउँदै रोग निख्रेपछि मात्र घर जानुपर्ने सुझाव दिएको न्यौपानेले जानकारी दिए। 
  
सङ्क्रमित युवतीले आफ्नो स्वास्थ्यावस्थामा क्रमिक सुधार हुँदै गएको र चिकित्सक एवम् स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिएका थिए। यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आएका उनीसँग बेल्जियमबाटै ६५ वर्षीया एक अर्की महिला पनि आएकी थिइन्।  त्यही दिन आन्तरिक उडानमार्फत पोखरा आएका उनीहरू पोखराबाट जीप रिजर्भ गरेर बागलुङ पुगेका थिए।

चैत ४ गते कतार एयरवेजमा आएकी युवतीमा कोरोना देखिएपछि वृद्धाको पनि स्वाब परीक्षण गरिएको थियो। स्वाबको नमूना पोजेटिभ देखिएपछि उनी अहिले बागलुङको धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचारत  छिन्। उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि अहिले दुवै धौलागिरि अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेकी छिन्। 

पैँसट्ठी वर्षीया महिलामा  दम रक्तचाप समस्या छ। युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले जानकारी दिए। गलकोट– नेपालमा पाँचौँ कोरोना संक्रमित बागलुङकी युवतीको स्वास्थ्यवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जानकारी लिएका छन्।  मुख्यमन्त्री गुरुङले चैत १५ गते कोरोना पुष्टि भएसंँगै अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा उपचार गराइराखेकी १९ वर्षिया युवतीलाई फोन गरी स्वास्थ्यावस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिए। 
  
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनको स्वास्थ्यावस्था सामान्य रहेको मुख्यमन्त्रीसँगको कुराकानीमा युवतीले जानकारी दिइन्। मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई दुई मिनेट ३० सेकेण्ड फोनमा कुराकानी गर्दै पर्याप्त पानी पिउनसमेत सुझाव दिएका छन्। नआत्तिकन आइसोलेसनमा बस्न युवतीलाई मुख्यमन्त्रीले आग्रह गरेका थिए। रासस

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्