Kathmandu Press

काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

'विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई ‘कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।
काठमाडौं विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन
फाइल तस्बिर।

काठमाडौं, साउन ३० : काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्य कायमै राख्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 

काठमाडौं विश्वविद्यालयको ९७औं सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीच कम्तीमा पाँच वर्षसम्म सहकार्य कायम राख्न निर्देशन दिँदै असहमतिका विषय छलफल गरेर समाधान गर्न आग्रह गरेका छन्।

Hardik ivf

'विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई ‘कम्तीमा पाँच राखिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो।

पाँच वर्षभित्र विश्वविद्यलायले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्ने बताउँदै उनले यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णुय गरिने बताए। 

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न भनेका थिए।
 
प्रकाशित मिति: १३:५३ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्