Kathmandu Press

शीर्ष नेताले टिआरसी विधेयकबारे संसदमा संवोधन गर्ने 

बैठकको सुरुमै प्रधानमन्त्री केपी ओलीले विधेयकका बिषयमा संवोधन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ। 
शीर्ष नेताले टिआरसी विधेयकबारे संसदमा संवोधन गर्ने 

काठमाडौं, साउन ३० : प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित हुनु अघि शिर्ष नेताबाट संवोधन हुन थालेको हो। 

Hardik ivf

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची छ। 

बैठकको सुरुमै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विधेयकका बिषयमा संवोधन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ। 

शान्ति प्रक्रियाका काम टुंगोमा पु¥याउन सबै दल सहमति भएपछि विधेयक पारित हुने बाटो खुलेको छ । टीआरसीमा सहमतिका लागि कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीबाट पूर्व गृहमन्त्री जनार्दन शर्मा र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विधेयक प्रतिवेदन तयार पारेका थिए । 

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्