बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा
अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा दर्ता लगाएको हाे।
काठमाडौं, साउन ३० : प्रहरीले बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र संगठित अपराधमा पूरक अभियोग दर्ता गरेको हो।
अनुसन्धानका क्रममा झाले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेपछि प्रहरीले ठगी र संगठित अपराधमा मुद्दा दर्ता लगाएको हाे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले अदालतमा भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन्।
बयानमा उनको नाम लिएका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई पनि आफूले नचिन्ने झाले बनाय दिएका छन्।
प्रकाशित मिति: १२:१६ बजे, बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












