Kathmandu Press

अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट 

भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन्।
अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट 

काठमाडौं, साउन ३० : नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाई भेट गरेकी छन्।  

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेकी हुन्।

Hardik ivf

भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन्।

सो क्रममा अध्यक्ष दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: ११:२५ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्