Kathmandu Press

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो।
संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

काठमाडौं, साउन ३० : सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ । 

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो। यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ। 

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ। थप दुई जनाको बयान लिने क्रम जारी छ। 

समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ। सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।
 

प्रकाशित मिति: ०९:०५ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्