Kathmandu Press

टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा नेताहरुले धारणा राखेपछि दुई दिन भित्र  विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए। 
टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री 

काठमाडौं, साउन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्वन्धी (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने भनाई राखेका छन्। 

महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा नेताहरुले धारणा राखेपछि दुई दिन भित्र  विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए। 

Hardik ivf

विधेयक संसदबाट पारित हुँदा ठूलो उपलब्धि हुने भनाई प्रधानमन्त्री ओलीको छ । पीडितमैत्री भएर विधेयक अघि बढाइएको दाबी ओलीको थियो। 

‘टिआरसीसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारिस भएर आज प्रतिनिधि सभामा पेश भएको छ। त्यस सम्बन्धमा भोलि राजनीतिक दलका नेताले राय व्यक्त गर्नुहुन्छ। त्यसपछि त्यो एक दुई दिनमा पारित हुन्छ र राष्ट्रिय सभामा जान्छ,’ सरकारी वकीललाई संवोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले भने।  

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, साउन २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्