Kathmandu Press

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको कार्यक्रम हलभित्रै प्रदर्शन

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा उनीहरुले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले ब्यानर र प्ले कार्ड खोसेको थियो।
राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको कार्यक्रम हलभित्रै प्रदर्शन

भक्तपुर, साउन २९ : विश्व अंगदान दिवसका अवसरमा मंगलबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेका छन्।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गरेका निर्णय र कार्यशैलीका कारण अस्पतालमा व्यथिति बढेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। 

Hardik ivf

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा उनीहरुले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले ब्यानर र प्ले कार्ड खोसेको थियो।

स्वास्थ्यमन्त्री पौडेल र कार्यकारी निर्देशक डा.श्रेष्ठलाई कालो झण्डा देखाउने कार्यक्रम रहेपनि नवनियुक्त मन्त्रीले अस्पतालमा भएको व्यथिति र अनियमितता रोक्नसक्ने संभावना रहेकाले हाललाई कालो झण्डा देखाउने कार्यक्रम रोकिएको आन्दोलनकारीहरुले बताए।

प्रदर्शनकारीले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ’, ‘म कलेजो रोग पीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेका थिए। 

अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा मनपरी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै स्थानीयबासी एवम कर्मचारीहरु आन्दोलित हुँदै आएका छन्। 

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्