Kathmandu Press

टिआरसी विधेयक प्रतिनिधिसभामा पेस 

टिआरसी विधेयक प्रतिनिधिसभामा पेस 

काठमाडौं, साउन २९ : बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक मंगलबार प्रतिनिधि सभामा पेस भएको छ। 

कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले उक्त विधेयक प्रतिनिधि सभामा पेस गरेकी हुन्। विधेयक पेस गर्दै सुवेदीले तत्कालीन समयको सत्य बाहिर ल्याउन र अपराधमा संलग्नहरुलाई कानुनी कारबाहीका लागि सिफारिस गर्न विधेयक निर्माण भएको बताइन्। 

यसअघि विधेयक कार्यदलले प्रधानमन्त्री केपी ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो। 

सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा शिर्ष नेताको सहमती जुटेपछि संसद्को चालु अधिवेशनबाटै विधेयक पारित हुने संभावना बढेको छ। कार्यदलले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरू र नजीरको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। 

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्