Kathmandu Press

सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

जिल्ला प्रहरी कार्यालय स्याङजाकाे निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएकाे हाे।
सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा, साउन २९ : सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाकाे निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएकाे हाे।

भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन्।

उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा प्रहरीले भने सामान्य अनुसन्धानका लागि बोलाउन लागिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो  यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए। 

त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्