‘सामाजिक संजाललाई सामान्य नठानौं, बंगलादेशमा प्रधानमन्त्रीले देश छाड्नुपर्यो’
‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमकहरु आइरहेको छ। सामाजिक सञ्जालले धेरै विसङ्गतिहरु पनि निम्त्याइरहेको छ,’ उनले भने, ‘राम्रो पनि छ तर विसङ्गती पनि ल्याएको छ बंगलादेशले पनि देखाएको छ। सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन होला।’-1723547334.png)
काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनि निम्त्याइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा बोल्दै उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गरे।
‘छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो। अचानक घट्ना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिड्नुपर्ने अवस्था आयो। यसलाई सामान्य घट्ना लिन मिल्दैन्,’ उनले भने, ‘ऋण लिएर चालु खर्च चलाएको नेपालमा त यो समान्य नै मानिएला। बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनि घट्ना घट्यो। नेपालमा त कुनैपनि बेला केही हुन सक्छ।’
सामाजिक सञ्चालनले विसंगतीहरु प्नि ल्याइएको बताउँदै उनले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन आग्रह गरे।
‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमकहरु आइरहेको छ। सामाजिक सञ्जालले धेरै विसङ्गतिहरु पनि निम्त्याइरहेको छ,’ उनले भने, ‘राम्रो पनि छ तर विसङ्गती पनि ल्याएको छ बंगलादेशले पनि देखाएको छ। सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन होला।’
उनले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताए। उनले सरकारले गर्ने लगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन् भनेर खबरदारी गर्न अपिल गरे।












