Kathmandu Press

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो। बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ। 
संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं, साउन २९ : काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो। बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ। 

हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए। ‘दलितलाई खै?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाई छ।

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्