Kathmandu Press

डेडिकेटेड र ट्रंकलाईन बक्यौता असुलीमा संसदीय छानबिनको माग

उक्त बिषय राष्ट्रिय बहसको विषय भएका कारण छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने माग शाहीको छ। उनले कोभिडको बेलामा घाटामा गएका उद्योगहरुलाई विशेष छुट दिनुपर्ने कारण भएपनि अन्य अवस्थामा छुट दिने कुरा स्विकार्य नहुने बताए। 
डेडिकेटेड र ट्रंकलाईन बक्यौता असुलीमा संसदीय छानबिनको माग

काठमाडौं, साउन २९ : प्रतिनिधि सभा बैठकमा बोल्नेक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रंकलाईनको वक्यौता रकम असुलीका बिषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

उक्त बिषय राष्ट्रिय बहसको विषय भएका कारण छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने माग शाहीको छ। उनले कोभिडको बेलामा घाटामा गएका उद्योगहरुलाई विशेष छुट दिनुपर्ने कारण भएपनि अन्य अवस्थामा छुट दिने कुरा स्विकार्य नहुने बताए। 

Hardik ivf

उनले कसैले कमजोरी गर्छ भने त्यसलाई ढाकछोप गर्न नहुने र राजनीतिक दलले पनि अपराधलाई लुकाउनु नहुने बताए। 

‘यसका लागि हाम्रो एउटा परम्पराको विकास पनि भएको छ । केही सामान्य विषय उठ्ने बित्तिकै संसदीय छानबिन समिति भन्ने चलन छ । यत्रो विषय उठिसकेपछि एउटा संसदीय छानबिन समिति बनाऔं,’ सांसद शाहीले भने, ‘यहाँ कसैले कमजोरी गर्छ भने त्यसलाई ढाकछोप गर्ने पक्षमा होइन । कसैको अपराधलाई कुनै पनि राजनीतिक दलले लुकाउनु हुँदैन । आफ्नै पार्टीको नेता किन नहोस् । यदि उसले अपराध गरेको छ, अपराधिक क्रियाकलाप गरेको छ भने कानूनी दायरामा ल्याउनैपर्छ । त्यसलाई जोगाउन लाग्ने होइन ।’ 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्