Kathmandu Press

सभापति पोखरेलले संसदमा मुर्दाबादको नारा लगाए

उनले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको पनि बताए। प्राप्त प्रमाण तथ्यहरूलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको पनि उनले बताए। 
सभापति पोखरेलले संसदमा मुर्दाबादको नारा लगाए

काठमाडौं, साउन २९ : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मंगलबार संसदभित्रै ‘मुर्दावाद’ को नारा लगाएका छन्।

प्रतिनिधि सभा बैठकको विशेष समयमा डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा बोल्नेक्रममा सभापति पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै ‘मुर्दावाद’ को नारा लगाएका हुन्। 

Hardik ivf

उनले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको पनि बताए। प्राप्त प्रमाण तथ्यहरूलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको पनि उनले बताए। 

‘डेडिकेटेड ट्रंकलाइन बक्यौताका तथ्य र प्रमाण छन्। मेरा भनाईहरू कसैले असत्य प्रमाणित गरिदिनुस्। असत्य प्रमाणित गरिदिए मलाई टुडिखेलमा राखेर झुण्ड्याउनुस्, तयार छु। इमानको चरित्र हत्या गरेर भ्रष्टहरुको पक्षपोषण गर्ने सबैप्रति सिङ्गो संसदमा सबै नेपालीले सुन्ने गरी मुर्दावाद छ मुर्दावाद छ,’ सांसद पोखरेलले भने।

पोखरेलले अख्तियारमाथि पनि प्रश्न उठेको भनाई राखे। २०७६ सालमै सार्वजनिक लेखा समितिले गम्भीर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्न भन्दै दिएको निर्देशनलाई लामो समयसम्म छलफल र कारबाही नगर्दा गम्भीर परिस्थितिको सिर्जना भएको पनि सभापति पोखरेलले बताए। 

उनले अख्तियारलाई राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न समेत माग गरे। 

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्