Kathmandu Press

‘१६ अर्ब तलमाथि गरेको पुष्टि भए टुँडिखेलमा झुन्ड्याइयोस्’

सांसद पोखरेलले २१ अर्ब ८८ करोड लिनुपर्नेमा ६ अर्बको बिल बनाएर त्यसमा केही शुल्क जोडेर आठ अर्बको बिल पठाएको भन्दै आफूले २२ अर्ब उठाउनुपर्छ भन्दा भ्रष्टाचारी भन्ने कहाँको न्याय हो भन्दै प्रश्न गरे। 
‘१६ अर्ब तलमाथि गरेको पुष्टि भए टुँडिखेलमा झुन्ड्याइयोस्’

काठमाडौं, साउन २९ : संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको आरोप पुष्टि भए आफूलाई टुँडिखेलमा लगेर झुन्ड्याउन आगह्र गरेका छन्। 

मंगलबार प्रतिनिधिसभामा बोल्दै पोखरेलले प्राधिकरणले तलमाथि गरेको विषयमा छलफल चलाउँदा आफूलाई भ्रष्टाचारी भनेर प्रचार गरिएको बताए। 

सांसद पोखरेलले २१ अर्ब ८८ करोड लिनुपर्नेमा ६ अर्बको बिल बनाएर त्यसमा केही शुल्क जोडेर आठ अर्बको बिल पठाएको भन्दै आफूले २२ अर्ब उठाउनुपर्छ भन्दा भ्रष्टाचारी भन्ने कहाँको न्याय हो भन्दै प्रश्न गरे। 

Hardik ivf

प्राधिकरण, व्यवसायी र सरकारको मिलेमतोमा लाल आयोग बनेको भन्दै त्यसका विषयमा आफूले नभएर समितिका सांसहरूले प्रश्न उठाएको बताए। 

पोखरेलले केही सूचना सार्वजनिक गर्न नमिल्ने प्रकृतिको भएको भन्दै त्यसलाई उचित ठाउँमा प्रयोग गर्ने बताए  महालेखा परीक्षकले प्रतिवेदनमार्फत प्रश्न उठाएका विषयमा सार्वजनिक लेखा समितिको स्वीकृतिबिना सरकारले छुट दिन नमिल्ने भन्दै अहिले भने सरकारले दिएको बताए। 

‘मसँग तथ्य छन् र प्रमाण छन् । मेरा भनाइहरू कसैले असत्य प्रमाणित गरिदिनुस्, असत्य प्रमाणित गरिदिनु भए मलाई टुँडिखेलमा झुन्ड्याउनुस्, म तयार छु । यी कागजहरूले बोल्छन्,’ पोखरेलले चुनौती दिँदै भने, ‘इमानको चरित्र हत्या गरेर भ्रष्टहरूको सबैप्रति यो सदनको तर्फबाट भन्न चाहन्छु, मुर्दावाद छ।’ 

उनले प्राधिकरणले व्यवसायीबाट मिलेर अनियमितता गरेको प्रश्न समितिमा उठेको भन्दै भाइभारदार पसेको र अख्तियार मौन बसेको विषयमा पनि प्रश्न रहेको बताए। 

विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग बनाएर १६ अर्ब छुट दिएको आरोप लगाए। उनले महालेखाको प्रतिवेदनले २१ अर्ब उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोइ? भन्दै प्रश्न गरे।

उनले सार्वजनिक लेखा समितिमा छलफल नै नगरी सरकारले महशुल दिएको भन्दै आपत्ति जनाए। कानून, तथ्य र प्रमाण नजुटाइ आफूहरु कुनै निर्णयमा नपुग्ने बताए।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्