सार्कका विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिवबीच छलफल
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ।काठमाडौं, साउन २९ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरबारबीच छलफल भएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ।
सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुभएकामा मन्त्री राणाप्रति बधाईज्ञापन गरे।
भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो।
प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारको बैठकमा प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनैपनि सम्झौता हुँदैनसोमबार, मंसिर १०, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापनासोमबार, मंसिर १०, २०८१
‘मायावी’ शिवरात्रीमा आउनेसोमबार, मंसिर १०, २०८१