ठूलो दल बनेर सरकार चलाएर देखाउन गगन थापाको रास्वपालाई चुनौती
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउदा हुने बताए।
काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए।
‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइँदैन्। सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ। विधिको शासनमा चल्नुपर्छ,’ उनले भने, ‘सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ। विजुली प्रयोग गरेको छैन् भने अन्याय हुन दिँदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनुपर्छ।’
उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
‘हामीले संसदसम्म ल्याउँछांै, तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुदा महिला छुटाई हाल्छौं। हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौं। यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नु भयो तर उहाँ कै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं,’ उनले भने, ‘हामी यति सम्म गर्छौ कि दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुइजना नै पुरुष बनाउँछौं। गाँउपालिकामा मौका मिल्ना साथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौं। प्रदेशका सरकार यसैगरी चलाउने हो? हामी संघीयतालाई योभन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो।’
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउदा हुने बताए।
‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन्,’ उनले भने, ‘अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौं कांग्रेस र एमालेलाई बढार्छौं। ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाउने।’












