बंलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथिको आक्रमणबारे संसदमा निन्दा
सांसदहरुले सांसदहरुले उक्त घटनाको निन्दा गरेका छन्। अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणका बिषयमा सरकार मौन बस्नु नहुने भनाई पनि सांसदहरूले राखेका छन्।
काठमाडौं, साउन २९ : प्रतिनिधिसभा बैठकमा बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे कूटनीतिक माध्यमबाट नेपाल सरकारले बंगलादेश सरकारलाई ध्यानाकर्षण गर्न माग गरेका छन्।
सांसदहरुले सांसदहरुले उक्त घटनाको निन्दा गरेका छन्। अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणका बिषयमा सरकार मौन बस्नु नहुने भनाई पनि सांसदहरूले राखेका छन्।
उनीहरूले उक्त बिषयमा सरकारले आफ्नो धारणा बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणलाई लिएर निन्दा गरे। केसीले यस बिषयमा सरकार मौन रहेको भन्दै दुःख पनि व्यक्त गरे।
भ्रष्टाचार र सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने पाठ बंगलादेशको घटनाले दिएको पनि उनले बताए।
एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने भन्दै ध्यानाकर्षण गराए। बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य रहेको उनको भनाई थियो।
हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कूटनीतिक माध्यमबाट सरकारले बंगलादेश सरकारलाई ध्यानाकर्षण गर्न समेत साहले माग गरे।












