Kathmandu Press

यो सरकारको रक्षा मैले गर्नेछु : महामन्त्री थापा 

थापाले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाको भनाई थियो। 
यो सरकारको रक्षा मैले गर्नेछु : महामन्त्री थापा 
फाइल तस्बिर।

काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकार निमार्ण गर्न आफू नलागे पनि सरकारको रक्षा गर्ने जिम्मा भने आफ्नो रहेको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा महामन्त्री थापाले उक्त भनाई राखेका हुन्। थापाले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाको भनाई थियो। 

मन्त्रीहरुले काम गर्दा प्रशंसा गर्ने तर काम नगर्दा आलोचनासहित प्रश्न पनि गर्ने सांसद थापाले बताए। 

‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने।

थापाले सरकारले देखिने गरी काम गर्नुपर्ने पनि बताए । उनले मन्त्रीहरुबीच आपसमा समन्वय गरेर देखिने कामहरु तत्काल गरेर जनतालाई सरकार भएको महसुस गराउन पनि आग्रह गरेका छन् । 

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्