Kathmandu Press

‘संविधान संशोधन गरेर यो व्यवस्थालाई बलियो र समावेशी बनाइन्छ’

‘निर्वाचन प्रणाली बदल्छौं, राम्रो बनाउँछौं। कसैकसैले भन्छन्– तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन,’ उलने भने, ‘तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौं। एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौं।’
‘संविधान संशोधन गरेर यो व्यवस्थालाई बलियो र समावेशी बनाइन्छ’

काठमाडौं, साउन २९ : कांग्रेस महामन्त्री गगन थापाले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे। संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको उनले बताए। 

Hardik ivf

उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए। 

‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ। तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो? भनेर प्रश्न गरिने गरिएको छ,’ उनले भने, ‘६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौं, चाहँदैनौं। दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ? हटाउन सक्छ? कसैले सक्दैन।’

उनले संविधान संशोधन गरेर जम्बो संसद्को आकार घटाउन सकिने बताए । ‘संसद्को जम्बो आकार घटाउन सकिन्छ । समानुपातिक समावेशी बढाउन सकिन्छ’, थापाको भने। 

साथै, उनले संविधन संशोधन गरेर निर्वाचन प्रणाली बदल्ने र राम्रो बनाउने बताए। 

‘निर्वाचन प्रणाली बदल्छौं, राम्रो बनाउँछौं। कसैकसैले भन्छन्– तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन,’ उलने भने, ‘तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौं। एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौं।’

राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताउँदै उनलेउठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने बताए। 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्