Kathmandu Press

नयाँ सरकार बनेपछिको परिणाम ठीक छ : गगन थापा

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महान्त्री थापाले आफू यो सरकार बनाउन धेरै नलागेको बताउँदै परिणाम ठीक छ भन्नेमा आफू रहेको बताए। 
नयाँ सरकार बनेपछिको परिणाम ठीक छ : गगन थापा

काठमाडौं, साउन २९ : कांग्रेस महामन्त्री तथा सांसद् गगन थापाले नयाँ सरकार बनेपछिको परिणाम ठीक भएको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महान्त्री थापाले आफू यो सरकार बनाउन धेरै नलागेको बताउँदै परिणाम ठीक छ भन्नेमा आफू रहेको बताए। 

Hardik ivf

महामन्त्री थापाले केहीसयम अघि सांसद रमेश लेखकले धोखा खानेहरु मिल्नुभयो भने तपाईंको के होला भनेर सोधेको प्रश्नको पनि स्मरण गरे। उनले धोका दिनले उथलपुथल गर्दा नयाँ सरकार बनाउने बताए। 

‘माननीय रमेश लेखकले धोखा खानेहरु मिल्नुभयो भने तपाईंको के होला भनेर सोध्नुभएकै प्रश्नभित्र मेरो अनुमान थियो, तर यति छिटो यस्तो होला भन्ने लागेको थिएन। धोका खानेहरु यति छिटो आत्तिसकेको अवस्था बनिसकेको थियो,’ उनले भने, ‘धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो । म यो सरकार बनाउन धेरै लागेको होइन, तर परिणाम ठीक छ भन्नेमा छु।’

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्