‘हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ’
उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन्।
काठमाडौं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने बताइन्।
नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै सांसद गौतमले तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन्।
उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन्।
सांसद गौतमले सरकारका पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन्।
‘नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ। नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ। सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिनु भयो तर विधेयक संसदमा आएको छैन,’ उनले भनिन्, ‘यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ। त्यसमा प्रष्टसँग सुन्न सकिन्छ, लापरबाही भएको छ। हवाई यात्रामा कति यात्रुहरूले ज्यान गुमाउनुपर्ने हो । नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ।’
अहिलेका प्रधानमन्त्री केपी ओलीले २०७६ मा ल्याएका नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा छुट्याउने विधेयक ल्याएको स्मरण गराउँदै सांसद गौतमले उक्त विधेयक पुनः ल्याउन माग गरिन्
नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा छुट्याउने विधेयक संसद्बाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिलाई समाधान गर्न सक्नुपर्ने उनको भनाइ थियो।












