टीआरसी विधेयक विरुद्ध सर्वोच्च अदालतमा रिट
विधेयकले पीडितको न्याय सुनिश्चित हुन नसकेको दाबीसहित रिट अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले सर्वोच्चमा रिट दिएका हुन्।
काठमाडौं, साउन २९ : सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।
विधेयकले पीडितको न्याय सुनिश्चित हुन नसकेको दाबीसहित रिट अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले सर्वोच्चमा रिट दिएका हुन्।
सर्वोच्च अदालत प्रशासनमा रिट दर्ता प्रक्रियामा रहेको छ। टीआरसी विवादित विषयमा दलहरूबिच सहमति जुटाएर अन्तिम रूप दिई प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेका बेला सर्वोच्चमा रिट पुगेको हो।
रिट निवेदकले उक्त विधेयकमा रहेका बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको र पीडकलाई उन्मुक्ति दिने मनसायबाट प्रेरित रहेको भन्दै विधेयक पीडितमैत्री बनाउन परमादेशको माग गरिएको छ।
प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












