Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाको समर्थन

‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ। त्यसबारेमा पनि संसदमा छलफल गरेका छौं। संसदका गतिविधि र मुद्दाहरु कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल भएको हो,’ उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौं। छलफल हुँदैछ सम्भवतः आज नै दर्ता गछौं।’
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाको समर्थन

काठमाडौं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ। 

मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। 

Hardik ivf

‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ। त्यसबारेमा पनि संसदमा छलफल गरेका छौं। संसदका गतिविधि र मुद्दाहरु कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल भएको हो,’ उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौं। छलफल हुँदैछ सम्भवतः आज नै दर्ता गछौं।’

प्रतिनिधिसभाको जारी बैठकमा पेस हुन लागेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाले समर्थन गर्ने परियारको भनाइ छ। 

यस्तै, पार्टी सभापति रवि लामिछानेले उद्योग व्यवसायीहरुले बाँकी बक्यौता तिर्नुपर्ने बताए। 

‘व्यवसायीहरुले प्रयोग गरेको विद्युतको बाँकी बक्यौता तिर्नुपर्छ, नो ‘इफ’ र नो ‘बट’ भनेर संसदमा पनि भनेका छौं। जसरी सर्वसाधारणले तिर्दै आएका छन् त्यसरि नै सबै जनाले बक्यौता तिर्नुपर्छ,’ उनले भने, ‘यो कुनै प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन। भष्ट्राचारमा समेत कुनै हदम्याद हुनुहुँदैन। मान्छे मरिसकेपछि पनि सजाय सुनाइएको हुनुपर्दछ।’

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्