Kathmandu Press

‘टिआरसी विधेयक टुंगो लगाउने विषयमा ढिलाई गर्नु हुँदैन’

‘तपाईहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ, त्यो कोसिस हुन्छ,’ उनले भने, ‘तपाईहरुले बुझ्नु भएको छ यो विधेयक सबै ठिक त होईन केही कमि त छ। भोली सदनमा बोल्ने क्रममा पनि यी विषयहरु सम्बोधन हुने काम हुन्छ।’ 
‘टिआरसी विधेयक टुंगो लगाउने विषयमा ढिलाई गर्नु हुँदैन’

काठमाडौं, साउन २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्याय सम्बन्धी (टिआरसी) विधेयकलाई टुंगो लगाउन ढिलाई गर्न नहुने बताएका छन्। 

वेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरूकाे पत्र बुझ्दै उनले पीडितहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोसिस गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भिर भएको हेर्ने बताए। 

Hardik ivf

‘तपाईहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ, त्यो कोसिस हुन्छ,’ उनले भने, ‘तपाईहरुले बुझ्नु भएको छ यो विधेयक सबै ठिक त होईन केही कमि त छ। भोली सदनमा बोल्ने क्रममा पनि यी विषयहरु सम्बोधन हुने काम हुन्छ।’ 

उनले धेरै लामो समयपछि यो विधेयक संसदमा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताए। 

‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ। यसलाई सकेसम्म सुधार गरेर लाने छौ तर अब यसलाई धेरै ढिला गर्नु हुँदैन,’ उनले भने।

संक्रमणकालिन न्याय (टिआरसी) विधेयकमा केही असन्तुष्टिहरू रहेको भन्दै १४ वटा बँुदासहितको सुधार गर्न पूर्व प्रधानमन्त्री दाहाललाई सुझाब दिएको छ। उनले त्यसबारे राजनीतिक दलहरुसँग कुरा गर्ने बताए। 

प्रकाशित मिति: १४:१३ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्