Kathmandu Press

रास्वपा सांसद ढकाललाई पुनः बोल्न दिएपछि संसदको अवरोध हट्यो

प्रतिनिधिसभाको मंगलबारको बैकमा नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेको र त्यसको महसुल नतिरेको प्रसंग सांसद ढकालले उठाउन खोजेका थिए। लगत्तै सभामुख घिमिरेले बोल्ने माइकको लाइन काटेका थिए।
रास्वपा सांसद ढकाललाई पुनः बोल्न दिएपछि संसदको अवरोध हट्यो

काठमाडाैं, साउन २९ : रास्वपा सांसद हरि ढकालले प्रतिनिधिसभामा डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँदा सभामुख देवराज घिमिरेले सांसदको बोल्ने माइकको लाइन काटेपछि सुरु भएको संसदको अवरोध हटेको छ। 

केही समयको रस्साकस्सीपछि सभामुख घिमिरेले पुनः सांसद हरि ढकाललाई बोल्न समयदेखि संसदको अवरोध हटेको हो। 

Hardik ivf

प्रतिनिधिसभाको मंगलबारको बैकमा नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेको र त्यसको महसुल नतिरेको प्रसंग सांसद ढकालले उठाउन खोजेका थिए। लगत्तै सभामुख घिमिरेले बोल्ने माइकको लाइन काटेका थिए।

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए। उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए।

विरोधपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिएका थिए। उनीहरूले बोलेपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उठेर संसद अवरोध जारी राखेका थिए। 

केही समयपछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्न दिएपछि संसदको अवरोध हटेको छ।

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्