Kathmandu Press

भ्रष्टाचार कानुनमा हदम्याद अस्वीकार्य : रास्वपा

प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरूले हदम्याद राखेर गम्भीर त्रुटि गरिरहेको बताए। 
भ्रष्टाचार कानुनमा हदम्याद अस्वीकार्य : रास्वपा

काठमाडौं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्यादको व्यवस्था अस्वीकार्य रहेको बताएको छ। 

मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वर्षको हदम्यादको व्यवस्था स्वीकार्य नहुने निर्णय गरेको हो।

Hardik ivf

प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरूले हदम्याद राखेर गम्भीर त्रुटि गरिरहेको बताए। 

‘भ्रष्टाचारसम्बन्धी कानुन जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्ने कुरा स्वीकार्य छैन। भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चल्नुपर्छ,’ उनले भने, ‘निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटि गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन।’

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्