Kathmandu Press

सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

मंगलबार संसद् भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न मुलुका राजदूतका लागि सरकारले सिफारिस गरेका १८ जनाविरुद्ध उजुरी आव्हान गरेको हो। 
सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिको आह्वान

काठमाडौं, साउन २९ : संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस भएकाहरु विरुद्ध उजुरी दिन आव्हान गरेको छ। 

मंगलबार संसद् भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न मुलुका राजदूतका लागि सरकारले सिफारिस गरेका १८ जनाविरुद्ध उजुरी आव्हान गरेको हो। 

Hardik ivf

समितिले उनीहरू विरुद्ध उजुरी दिन १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति शमशेर जबराले बताए। सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित सार्वजनिक उजुरी दिनका आव्हान गरिएको छ।

सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्