Kathmandu Press

मधेशका मुख्यमन्त्री सिंहले गरे सबै राज्यमन्त्री बर्खास्त

मन्त्रिपरिषद ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले मंगलबार सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। 
मधेशका मुख्यमन्त्री सिंहले गरे सबै राज्यमन्त्री बर्खास्त

काठमाडौं, साउन २९ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

मन्त्रिपरिषद ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले मंगलबार सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। 

Hardik ivf

८ जना राज्यमन्त्री बर्खास्त भएपछि २० सदस्यीय मन्त्रिपरिषद अब १२ सदस्यीय हुनेछ। राज्यमन्त्री बर्खास्त गरी मंगलबारै मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई पत्र पठाइसकेको छ। 

मुख्यमन्त्री सिंहले गत साउन २२ गते पाँचजना राज्यमन्त्री थप गरेका थिए। मन्त्रिमण्डल ठूलो भएको भन्दै जनता समाजवादी पार्टी, नेपालले आन्दोलन गर्दै आएको थियो। 

एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना राज्यमन्त्रीलाई हटाइएको हो। 


 

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, साउन २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्