Kathmandu Press

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, मर्मत गरिँदै

तर, सडक भासिएको मर्मतका लागि बिहान ८ बजेबाट यातायात सञ्चालनमा रोक लगाइएको छ। सडक मंगलबार दिउँसो २ बजेसम्म बन्द गरिएको छ। 
दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, मर्मत गरिँदै

नवलपरासी, साउन २९ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको छ। राति १ बजे सडक भासिएपछि एकतर्फी सडक सञ्चालन गरिएको थियो।

तर, सडक भासिएको मर्मतका लागि बिहान ८ बजेबाट यातायात सञ्चालनमा रोक लगाइएको छ। सडक मंगलबार दिउँसो २ बजेसम्म बन्द गरिएको छ। 

मर्मतको समयमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। 

सडक मर्मत भइरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक यो सडकको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम क्षेत्रमा जाने सवारी दुम्किबास क्षेत्रमा रोकिएका छन् भने पश्चिमबाट पूर्व आएका सवारीसाधन पनि बर्दघाट नजिकै रोकिएका छन्।

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्