Kathmandu Press

बाजुरामा गोली हानी श्रीमतीको हत्या

बाजुरा, चैत २७ : बाजुराको गौमुल गाउँपालिका ४ मा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ । ४९ वर्षीय गोरख रोकायाले चलाएको भरुवा बन्दुकबाट उनकै श्र....

बाजुरामा गोली हानी श्रीमतीको हत्या

बाजुरा, चैत २७ : बाजुराको गौमुल गाउँपालिका ४ मा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ । ४९ वर्षीय गोरख रोकायाले चलाएको भरुवा बन्दुकबाट उनकै श्रीमती ३३ वर्षीया सुन्तु रोकाया मृत्यु भएको हो।

गोरखलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

गोली लागेर मृत्यु भएको अवस्थामा सुन्तुको शव फेल परेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्