पश्चिमी वायुकाे प्रभावले वर्षा र हिमपात
काठमाडौं, फागुन १६ : पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र धेरै स्थानमा हिमपात भएको छ ।
मौसम पूर्वामानु....

काठमाडौं, फागुन १६ : पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र धेरै स्थानमा हिमपात भएको छ ।
मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपि मध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले जानकारी दिए ।
गत २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको छ भने काठमाडौंमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौँ उपत्यकाको वरपर आज बिहान हिमपात भएकाले यहाँ चिसो बढेको छ । गत २४ घण्टामा काठमाडौँको अधिकतम् तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रह्यो ।
आज दिउँसो पनि सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।
शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ ।
त्यस्तै शनिबार पनि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ । रासस











