Kathmandu Press

क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो । 
क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

क्यानडा, साउन २९ : क्यानाडाको अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ । 

अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो । 

सम्मेलनमा न्यु ब्रन्जविक विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक बासु शर्माले फरक फरक संस्कृतिहरुकाबीच वार्ता (नेगोसियसन) गर्दा आइपर्ने कठिनाइ तथा तिनलाई समाधान गर्ने तरिकाबारे रोचक प्रस्तुति गरेका थिए । 

Hardik ivf

त्यस्तै संयुक्त राष्ट्र संघमा काम गरिसकेका अध्येता रमेश श्रेष्ठले अनुसन्धानकर्ताहरुले गएको झन्डै ५० वर्षदेखि जलवायु परिवर्तन, प्रदूषण, खाद्य संकट तथा वातावरणीय संकटका बारेमा सजग गराउँदै आएको भएता पनि ती समस्या समाधान गर्नेतर्फ विश्व नेताहरुले प्रभावकारी कदम नचालेको गुनासो गरे ।  

न्याचुरल रेसोर्सेज क्यानाडामा कार्यरत डा।अजय बिस्टले जलवायु परिवर्तनको समस्यासंग जुध्न स्थानीय नगरपालिकाहरुले नेतृत्व लिनुपर्ने बताए ।इन्सटिच्युट फर नेपाल्स प्रस्परिटीसंग आबद्ध अर्थशास्त्री राम आचार्यले विप्रेषण (रेमिटान्स) ले नेपालको अर्थतन्त्र धानेको भएता पनि बढ्दो व्यापार घाटाले नेपाली अर्थतन्त्रको संकटलाई उजागर गरेको बताए । 

विप्रेषणले मुलुकलाई अरु बढी कमजोर र संरचनात्मक  रुपमा कमजोर बनाएको बताउंदै आचार्यले नेपाली युवाहरुमा बढ्दै गएको जसरी पनि मुलुक छाड्ने भन्ने धारणाले देश भित्र उद्यमशीलता, नव परिवर्तन तथा आशा मार्दै गएको जनाए । उनले सन् २०१५ सम्म नेपालको विप्रेषणले कूल आयात धानी रहेको भएता पनि सन् २०१५ पछि भने ऋण खोजेर आयात गर्नु पर्ने स्थितिमा मुलुक पुगेओ बताए ।  उनले यो समस्या समाधान गर्न नयाँ जाँगर र सोचका साथ अगाडी बढ्न सुझाव दिए ।

सम्मेलनमा स्टाटिस्टिक्स क्यानाडामा कार्यरत डा. रचना देवकोटाले नेपालका पहाडी भूभागमा खेतिपातीमा यन्त्रको प्रयोग, अंटेरियोस्थित सेन्ट माइकल अस्पतालमा कार्यरत वरिष्ठ नर्स राधिका अर्यालले क्यानाडामा गाँजा प्रयोग सम्बन्धी निर्देशिका र क्यानाडाको स्वास्थ्य विभागमा कार्यरत डा। गोविन्द दाहालले नेपालको स्वास्थ्यका सामाजिक सूचकहरु बारे प्रस्तुति दिएका थिए ।

त्यस्तै अटवा विश्वविद्यालयमा पत्रकारिता विषयका प्राध्यापक डा।भानुभक्त आचार्यले क्यानाडाका अधिकांश  विश्वविद्यालयहरुमा ‘च्याट जीपीटी’जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित कृत्रिम सहायकको प्रयोगमा रोक लगाइएको तर ‘एडिट जीपीटी’ जस्ता च्याटबोटहरु प्रयोग गर्न दिइएको बताए ।  

पत्रकार भगीरथ योगीले प्रवासमा संचालित नेपाली अनलाइन पोर्टलहरुको व्यवसायिकता तथा दीगोपना एवं पत्रकार जयराम गौतमले क्यानाडास्थित नेपाली समुदायलाई सुसूचित गर्न अनलाइन पत्रिका ‘नेपाल टच’ पत्रिकाको भूमिका बारे प्रस्तुति गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानाडा नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताए । राजदूत पौड्यालले  नेपाल तथा क्यानाडाबीच मैत्रीपूर्ण, विश्वासमा आधारित र कुनै पनि दुइ  मुलुकबीच हुन सक्ने सर्वोत्तम द्विपक्षीय सम्बन्ध रहेको जनाए ।  

राजदूत पौड्यालले नेपालको संविधानमा उल्लेखित गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ई सकेको र नेपाल सरकारले नेपाल नागरिकता ऐन र नियमावलीहरुलाई संशोधन गरेको बताए ।  ‘संविधानमा उल्लेख भए अनुसारका  गैर आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक  र आर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’उनले भने ।
 

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्