Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै,  ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
प्रतिनिधिसभा बैठक बस्दै,  ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

काठमाडौं, साउन २९ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । 

बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, साउन २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्