‘दुई व्यक्तिलाई कार्यकारी अधिकार दिंदा परिणाम आउँदैन’
सोमबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा उनले आगामी दिनमा संचारसँग सम्बन्धीत कानुनहरु बनाउँदा दुई व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिन नहुने राय राखे।
काठमाडौं, साउन २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सम्बद्ध संस्थाहरुमा दुई व्यक्तिलाई कार्यकारी भूमिका दिंदा परिणाम राम्रो नआएको औंल्याएका छन्।
सोमबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा उनले आगामी दिनमा संचारसँग सम्बन्धीत कानुनहरु बनाउँदा दुई व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिन नहुने राय राखे।
‘दुईजना प्रमुखहरु बनाउदा केही प्रगती भएन। आवश्यक परिणाम पनि आउन सक्दैन। नेपाल टेलिभिजनमा पनि त्यस्तै देखिन्छ, कार्यकारी प्रमुख पनि रहेछ र महाप्रबन्धक पनि रहेछ । यस्तो हुँदा त्यहा प्रगती नै भएको छैन,’ उनले भने।
एक जनालाई कार्यकारी भूमिका दिन सकियो भने खर्च पनि कम हुने उनको भनाइ थियो।
‘दुई व्यक्तिलाई प्रमुखको व्यवस्था गर्नु भनेको त्यहाभित्र दुविधा र द्वन्द्व निम्ताउनु मात्र हो। अधिकार बाँडफाँड भएको संस्थाले काम नै गर्दैन। नेतृत्व एउटै हुनुपर्छ। दुईवटा हुनुहुँदैन,’ उनले भने, ‘हाम्रो कार्यकारी अध्यक्ष नै कार्यालय प्रमुख हो। त्यसका अरु कसैको आवश्यकता हुँदैनर’