Kathmandu Press

माछा खाएपछि झाडाबान्ता हुँदा एकै घरका तीन बालबालिकाको मृत्यु 

नरेश रामकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा खाएपछि झाडाबान्ता हुँदा एकै घरका तीन बालबालिकाको मृत्यु 

बारा, साउन २८ : बाराको सिम्रौनगढमा बजारबाट ल्याएको माछा खाएपछि झाडापखाला र बान्ताका कारण एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ।

सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको ज्यान गएको हो। 

Hardik ivf

नरेश रामकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको प्रहरीले जनाएको छ। माछासँगै खाना खाएपछि तीनैजना बालबालिकाको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालमा उपचारकै क्रममा तीनै जना बालबालिकाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । नरेश रामका परिवारले बजारबाट किनेर ल्याएको माछा घरमै पकाएर खाएका थिए। 

त्यसलगत्तै बालबालिकाको स्वास्थ्यमा गंभिर समस्या देखिएको थियो। बालबालिकाको शव पोष्टमार्टमपछि वास्तविकता थाहा हुने बताइएको छ। 

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्