Kathmandu Press

युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताए। 
युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले युवाहरुलाई स्वेदशमै  राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। 

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताए। 

Hardik ivf

‘युवाहरुलाई म के भन्न चाहन्छु भने विवेक प्रयोग गर। मान्छेको विवेक हुन्छ, अनि न उसले सजिलोसँग निर्णय गर्न सक्छ । विवेकहिन भयो भने त पशुसरह हो नि,’ उनले भने, ‘आजभोली युवाहरु धेरैजस्तो पढ्छन् र विदेश जान्छन्। हामीले नेपालमा नै उनीहरुलाई किन राख्न नसकेको? सत्र लाख हेक्टर जमिन खेती योग्य छ । त्यसले तीन करोड होइन तीस करोड जनतालाई खुवाउन सक्छ। तर आज हामी आज बाहिरबाट पनि ल्याउछौं। यहाँ उब्जाउदैनौं, खेत बाँझो छ।’ 

उनले राष्ट्रको भविष्य नै युवाहरुको हातमा रहेको भन्दै युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए।  

‘राष्ट्रको भविष्य नै युवाहरुको हातमा छ। युवाहरुलाई कसरी प्रयोग गर्ने सोच्नुपर्छ। नेपाली कांग्रेसको केन्द्रीय समितिमा ५० वर्षभन्दा तलको उमेरको एक जनापनि सदस्य छैन,’ उनले भने, ‘हामीले कसरी आकर्षित गर्ने ल्याउनुपर्छ नि भविष्य उनीहरुको हातमा छ। हामी त बुढो भइसक्यौं । त्यसैले युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ।’

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्