जनकपुरमा विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल
मधेश प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय बनाएको भन्दै सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि जसपा नेपालका युवा र विद्यार्थी संगठनले विरोध प्रदर्शनका क्रममा धकेलाधकेल भएको हो।
जनकपुर, साउन २८ : निषेधित क्षेत्र तोड्ने क्रममा जनकपुरमा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ।
मधेश प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय बनाएको भन्दै सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि जसपा नेपालका युवा र विद्यार्थी संगठनले विरोध प्रदर्शनका क्रममा धकेलाधकेल भएको हो।
विरोध प्रदर्शनकाक्रममा जसपा नेपालनिकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले सिटी जुलुस निकाल्दै निषेधित क्षेत्र तोडेका थिए। त्यसपछि मुख्यमन्त्री कार्यालयअगाडि पुगेर मधेश सरकारविरुद्ध नाराबाजी गर्नेक्रममा सामान्य झडप समेत भएको जनाइएको छ।
विरोधमा उत्रेका युवा विद्यार्थीले जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा समेत मागेका छन्।
प्रकाशित मिति: १९:१८ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार