Kathmandu Press

स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव 

छलफलमा प्रधानमन्त्री ओलीसँगै मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौला लगायत सहभागी रहेको जनाइएको छ । हाल कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ पद रिक्त छ। 
स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव 

काठमाडौं, साउन २८ : निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर तेस्रोत साता गर्न उपयुक्त हुने भन्दै सरकारलाई सुझाएको छ। 

सोमबार सिहंदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरूबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो। 

Hardik ivf

छलफलमा प्रधानमन्त्री ओलीसँगै मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौला लगायत सहभागी रहेको जनाइएको छ । हाल कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ पद रिक्त छ। 

रिक्त सबै पदमा आगामी चाडबाड सकिएपछि जाडो सुरु नहुँदै मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव आयोगका पदाधिकारीले दिएका हुन्। 

छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएको समेत जनाइएको छ। आयोगले निर्बाचनको मिति घोषणा अघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जानकारी समेत गराएको थियो। 
 
प्रकाशित मिति: १८:५७ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्