Kathmandu Press

जेलका कैदीबन्दीलाई झिकाएर सहकारी छानविन समितिमा सोधपुछ

सोमबार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालयबिक्रम मल्ल ठकुरीलाई झिकाएर सोधपुछ गरेको छ। 
जेलका कैदीबन्दीलाई झिकाएर सहकारी छानविन समितिमा सोधपुछ

काठमाडौं, साउन २८ : सहकारीको रकम अपचालनका बिषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले जेलमा रहेका कैदी वन्दीलाई झिकाएर सोधपुछ गरेको छ। 

सोमबार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालयबिक्रम मल्ल ठकुरीलाई झिकाएर सोधपुछ गरेको छ। 

Hardik ivf

उनीहरुलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको हो।

यस्पतै, शुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामालाई  केन्द्रीय कारागार जगन्नाथ देवलबाट समितिमा झिकाइएकाे थियाे।

यसअघि गत शनिबार पनि कैदी वन्दीलाई झिकाएर सोधपुछ गरिएको थियो। गृह मन्त्रालयसँग समन्वय गरेर कैदीबन्दीसँग सोधपुछ गरिएको जनाइएको छ। 

नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई पनि कारागारबाट झिकाएर सोधपुछ गरिएको छ।

सहकारी ठगीमा २५०–३०० व्यक्ति सहकारी ठगीमा थुनामा छन् भने ८०० भन्दा बढी फरार छन्। 

११ सय भन्दा बढीमाथि सहकारी ठगीको मुद्दा लागेको छ। यसमध्ये प्रतिनिधि पात्रका रुपमा सीमित व्यक्तिसँग सोधपुछ गरिने तय भएको सभापति थापाले जानकारी दिए ।

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, साउन २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्