कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ सम्मका लागि स्थगित
साउन २३ गतेबाट बैठक सुरु भएको थियो। कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको जनाइएको छ।
काठमाडौं, साउन २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ।
कांग्रेस बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरू माथि सोमबार मन्त्रीहरु रामनाथ अधिकारी, ऐनबहादुर शाही, प्रदीप पौडेल, राज्यमन्त्री पूर्णबहादुर तामाङ, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउदले बोलेका थिए।
यस्तै, सुजाता परियार, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका थिए।
साउन २३ गतेबाट बैठक सुरु भएको थियो। कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी स्थगित भएको जनाइएको छ।
प्रकाशित मिति: १८:३६ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












