Kathmandu Press

कोरोनाले भारतमा दुई सयको मृत्यु, संक्रमित ६२ सय

काठमाडौं, चैत २७ : कोरोना भाइरसको संक्रमण भारतमा तीव्ररुपमा वृद्धि भइरहेको छ। बिहीबार मध्याह्नसम्म कोरोनाबाट दुई सय जनाले ज्यान गुमाएका छन भने ६ हजार ....

कोरोनाले भारतमा दुई सयको मृत्यु, संक्रमित ६२ सय

काठमाडौं, चैत २७ : कोरोना भाइरसको संक्रमण भारतमा तीव्ररुपमा वृद्धि भइरहेको छ। बिहीबार मध्याह्नसम्म कोरोनाबाट दुई सय जनाले ज्यान गुमाएका छन भने ६ हजार दुई सय २२ जना बिरामी भएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा मात्रै पाँच सयभन्दा बढी बिरामी थपिएका छन्। गत एक सातादेखि भारतमा संक्रमितको संख्या दिनदिनै तीव्र रुपमा बढेको छ।

मार्च ३१ मा भारतमा कोरोनाबाट संक्रमितको संख्या एक हजार तीन सय रहेको थियो। यो नौ दिनमा बढेर ६ हजार दुई सय २२ पुगेको छ। त्यस्तै, मृतकको संख्या बढिरहेको छ। मार्च ३१ सम्म एक सय ४६ जनाको मृत्यु भएको थियो। नौ दिनमा ५६ जनाले ज्यान गुमाउका छन्।

भारतका लगभग सबै राज्यमा कोरोनाको संक्रमण देखिएको छ। सबैभन्दा बढी महाराष्ट्रमा एक हजार एक सय ३५ जना पुगेका छन्। त्यस्तै, तमिलनाडुमा सात सय ३१, दिल्लीमा ६ सय ६९, तेलंगानामा चार सय ४७, उत्तर प्रदेशमा तीन सय ६१ पुगेका छन्। भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ।

चीनबाहेक अन्य देशमा नियन्त्रण हुन सकेको छैन। बिहीबार मध्याह्नसम्म संसारभर १५ लाख २१ हजार दुई सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये ८८ हजार पाँच सय ७० जनाले ज्यान गुमाइसकेका छन्।

सबैभन्दा बढी अमेरिकामा देखिएको छ। अमेरिकामा चार लाख ३५ हजार एक सय ६० जनामा संक्रमण देखिएको छ भने १४ हजार सात सय ९७ जनाको मृत्यु भएको छ।

त्यस्तै, स्पेनमा एक लाख ४८ हजार दुई सय २० जना बिरामी भएका छन भने १४ हजार सात सय ९२ जनाको मृत्यु भएको छ। इटालीमा एक लाख ३९ हजार चार सय २२ जना बिरामी भएका छन भने १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।

यसैगरी, एक लाख १३ हजार दुई सय ९६ जना बिरामीमध्ये दुई हजार तीन सय ४९ जनाको मृत्यु भएको छ। फ्रान्समा एक लाख १२ हजार नौ सय ५० जना बिरामी पुगेका छन भने १० हजार आठ सय ६९ जनाले ज्यान गुमाएका छन्।

चीनमा भने नियन्त्रणमै देखिएको छ। अहिलेसम्म ८१ हजार आठ सय ६५ मध्ये तीन हजार तीन सय ३५ जनाको मृत्यु भएको छ। बिरामीमध्ये ७७ हजार तीन सय ७० जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा भने बिहीबार मध्याह्नसम्म नयाँ संक्रमण देखिएको छैन। अहिलेसम्म देखिएका नौ जनामध्ये एक जना निको भइसकेका छन भने आठ जनाको उपचार भइरहेको छ। अहिलेसम्म दुई हजार तीन सय ६६ जनाको परीक्षण गरिएको छ।

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्