टिआरसी विधेयक मंगलबार प्रतिनिधिसभामा टेबुल गरिने
मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ।
काठमाडौं, साउन २८ : संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक मंगलबार प्रतिनिधिसभामा टेबुल गरिने भएको छ।
शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्नेगरी तयार भएको विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा दफावार छलफलपछि मंगलबार प्रतिनिधिसभामा पेश गर्न लागिएको छ।
मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ लामो समयको रस्साकस्सीपश्चात् साउन २४ गते बिहीबार समितिबाट प्रतिवेदनसहित पास भएको थियो।
१० वर्षे माओवादी युद्ध र त्यसपश्चात् भएको शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियालाई टुंग्याउन विधेयक ल्याइएको हो।
प्रकाशित मिति: १७:४६ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












