युवाहरुको आवश्यक्ता र भावना अनुसारको नीति आवश्यक छ : राष्ट्रपति
‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन्,’ उनले भने।काठमाडौं, साउन २७ : राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका हुन्।
‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन्,’ उनले भने।
उनले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए। उनले युवाहरुको आवश्यक्ता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यक्ता भएको बताए।
प्रकाशित मिति: १३:३२ बजे, सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












