Kathmandu Press

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न जिपी फाउण्डेशनको निर्देशन

काठमाडौं, चैत २७ : गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण....

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न जिपी फाउण्डेशनको निर्देशन

काठमाडौं, चैत २७ : गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन्।

अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पूर्वपरराष्ट्रमन्त्री कोइरालाले 'कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या पर्‍र्यो भने जिपी कोइराला फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्नुहोला' भनेकी छन्।

 फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ। फाउण्डेशन ओसियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्