Kathmandu Press

मधेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो। हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो।
मधेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

धनुषा, साउन २८ : मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि संघीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ। विश्व बैंकको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो।

मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो। हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो।

Hardik ivf

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर तथा जनकन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको छ।

दोस्रो चरणमा छनौट भएका उक्त पालिकामा यही साउनदेखि कार्यक्रम कार्यान्वयनमा आइसकेको छ। 

यसअघि पहिलो चरणमा धनुषाका मुखियापटी मुसरनिया, धनौजी तथा महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि अधिकृत तिवारीले बताउनुभयो । सप्तरी तथा सिरहामा पनि कार्यक्रम सञ्चालन भइरहको छ। 

कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा संघीय सरकारले ल्याएको उनले जानकारी दिए। 

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, साउन २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्